Categories समाचार

पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैनः घनश्याम भुसाल

Advertisement

बुटवल l नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरेजस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले प्रस्ट पारे । अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो ।

Advertisement

आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले जिकिर गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *