Categories समाचार

अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप एमाले सांसद दीपेन्द्र सहित १७ जनाविरुद्ध मुद्दा दायर

Advertisement

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरसहित १७ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको औरही गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आयोगको ठहर छ ।

सांसद ठाकुरलाई ठेकेदारको रूपमा मुद्दा दायर गरिएको हो । उनी डी एण्ड एन बिल्डर्स प्रालिका प्रबन्ध निर्देशकसमेत हुन् । अख्तियारको अनुसन्धान अनुसार ठेक्का प्रक्रियामा बदनियतपूर्वक प्रतिस्पर्धात्मक प्रस्तावहरूलाई प्राविधिक मूल्यांकनको नाममा अस्वीकृत गर्दै बढी मूल्यको प्रस्ताव स्वीकार गरिएको थियो ।

Advertisement

अख्तियारले १२ करोड ३५ लाख रुपैयाँको न्यूनतम प्रस्ताव पेस गर्ने प्रतिष्ठा, धुलिखेल र एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्यांकनमा जानाजानी फेल गराई १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेस गर्ने लुम्बिनी–डी एण्ड एन जेभीलाई ठेक्का दिइएको उल्लेख गरेको छ । यसबाट राज्यलाई ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँको क्षति पुगेको आयोगको ठहर छ ।

Advertisement

मुद्दामा संलग्न अन्य प्रतिवादीहरूमा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, वडाध्यक्षहरू अशेश्वर यादव, अमित कुमार यादव, गंगाप्रसाद यादव, शिवनाथ साह, परमेश्वर मण्डल, दिलीप प्रसाद साह, साथै तत्कालीन सबइन्जिनियरहरू सन्तोष मण्डल, विनीत कुमार साह, सिभिल इन्जिनियर सोनु साह, खरिदार मनोज यादव र मनोज मण्डल छन् ।


त्यस्तै, लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी–डी एण्ड एन जेभी निर्माण कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वीकृत अस्पताल निर्माण परियोजनामा सुरु देखि नै टेन्डर प्रक्रियामा अनियमितता गरिएको भन्दै अख्तियारले बोलपत्रमा नियतवश संशोधन गरी अन्य प्रतिस्पर्धीलाई हटाउने र मनपर्ने कम्पनीलाई ठेक्का दिने काम गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *