Categories अन्तर्राष्ट्रिय

भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की

Advertisement

काठमाडौं l थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआइ ३७९ लाई बमको धम्की पछि विमानस्थलमै फिर्ता पठाइएको छ। बीबीसीले आफ्ना थाइल्याण्डस्थित सहकर्मीलाई उद्धृत गर्दै यसको जानकारी दिएको हो ।

फुकेट अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ – ‘पाइलटले स्थानीय समय अनुसार बिहान ९:३० बजे एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई विमानमा बमको धम्की आएको जानकारी गराएका थिए।’

Advertisement

यसपछि, विमानको आपतकालीन अवतरणको लागि अनुरोध गरिएको थियो।

Advertisement

उडान ट्र्याकिङ वेबसाइटहरूका अनुसार १५६ यात्रु बोकेको विमान स्थानीय समय अनुसार बिहान ९:१५ बजे उडेको थियो र अहिले सुरक्षित अवतरण गरिएको छ।

विमानको जाँच भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *