Categories समाचार

वीरगंजमा अवैध मल्टिभिटामिन औषधि बरामद, रु. १० लाखभन्दा बढीको सामान भन्सार दाखिला

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरिएको मल्टिभिटामिन औषधि नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट भारततर्फबाट भन्सार छलि ल्याइएका RIVITROL-CM Multivitamin Tablet का १ हजार १८ डिब्बा बरामद गरेको हो।

Advertisement

सो औषधिको अनुमानित बजार मूल्य रु. १० लाख १८ हजार बराबर रहेको छ।

Advertisement

औषधि दुईवटा मोटरसाइकलमा लोड गरी वीरगंजतर्फ ल्याइँदै गर्दा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको औषधि र ती मोटरसाइकलहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *