Categories शिक्षा

शिक्षा सुधारमा वडाध्यक्ष यादवको अग्रसरता: पुस्तक वितरणदेखि आफ्नै छोरीको भर्नासम्म

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका–३० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालपर्सामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ।

वडा अध्यक्ष मनोज यादवको घोषणापत्रअनुसार बाल विकास तह र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गरिएको हो।

Advertisement

शिक्षामा समानता र सरकारी विद्यालयको गुणस्तरमा विश्वास प्रकट गर्दै वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई पनि सोही विद्यालयमा भर्ना गराएका छन्। यस उदाहरणमार्फत उनले अभिभावकहरूलाई सरकारी विद्यालयतर्फ विश्वास गर्न र साथ दिन प्रेरित गरेका छन्।

Advertisement

विद्यालय सुधारको अभियानअन्तर्गत अध्यक्ष यादवले व्यक्तिगत रूपमा कक्षा १ मा अध्ययनरत ६४ जना विद्यार्थीहरूलाई “All in One Book” नामक शैक्षिक सामग्री वितरण गरेका छन्।

उनले भने, “सरकारी विद्यालय पनि सक्षम, गुणस्तरीय र भरोसायोग्य बनाउन सकिन्छ। तर, त्यसका लागि हामी सबैले हातेमालो गर्नुपर्छ।”

अध्यक्ष यादवले अभिभावकहरूलाई आह्वान गर्दै भने, “आफ्ना बच्चाहरूलाई सरकारी विद्यालयमै भर्ना गरौं, र आफ्नै टोलको विद्यालयलाई नमुना बनाउन सघाऔं।”

विद्यालय प्रशासनले वडा अध्यक्षको सक्रियता र प्रतिबद्धता सराहनीय भएको भन्दै यसले समुदायमा शिक्षा प्रतिको विश्वास पुनःस्थापित गर्न सहयोग पुगेको बताएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *