Categories शिक्षा स्वास्थ्य

जी–३ ग्लोबल स्वास्थ्य शिविर सम्पन्न: आँखा, कान र दन्त जाँच सेवाबाट विद्यार्थी लाभान्वित

Advertisement

वीरगञ्ज । ग्लोबल बिजनेस कलेजद्वारा आयोजना गरिएको जी–३ ग्लोबल स्वास्थ्य शिविर अन्तर्गत आँखा, कान र दन्तसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य शिविरमा इम्प्याक्ट नेपाल, वीरगञ्ज कम्युनिटी आँखा अस्पताल, र मनकामना डेन्टल क्लिनिकको महत्वपूर्ण सहकार्य रहेको थियो। उनीहरूको निःस्वार्थ सेवा, समर्पण र समुदायप्रतिको जिम्मेवारीले आवश्यक स्वास्थ्य सेवा सिधै जनताको पहुँचमा पुर्‍याउन सहयोग गरेको छ।

Advertisement

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूद्वारा गरिएका सेवाहरूले समुदायमा स्वास्थ्यप्रति सचेतना जगाउनुका साथै गरिब, पिछडिएका वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

Advertisement

यस किसिमका सेवामूलक कार्यक्रमहरूले परिवर्तनको भावना, सहकार्य र सामाजिक उत्तरदायित्वप्रति समर्पण दर्शाउने विश्वास कलेजले व्यक्त गरेको छ।

त्यसैगरी, सो स्वास्थ्य शिविरबाट कलेजमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित भएका छन्। स्वास्थ्य परीक्षणमा सहभागी हुँदै उनीहरूले आँखा, कान र दन्त स्वास्थ्यसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको कलेज प्रशासनले जनाएको छ।

विद्यार्थीहरूले यस्ता कार्यक्रममार्फत स्वास्थ्यप्रति जागरूकता, निःशुल्क परीक्षणको प्रक्रिया र सामुदायिक सेवाको महत्व बुझ्न पाएका छन्, जसले उनीहरूमा सामाजिक उत्तरदायित्व र सेवा भावनाको विकास समेत गरेको कलेजको भनाइ छ।

आगामी दिनहरूमा पनि यस्ता जनकल्याणकारी अभियानहरू निरन्तर सञ्चालन गर्दै जाने कलेजले प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *