Categories समाचार

सशस्त्र प्रहरीद्वारा करिब ९.५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल पर्साले विशेष सूचनाका आधारमा भारतबाट भन्सार छली गरी ल्याइएको झण्डै ९ लाख ५० हजार रुपैयाँ बराबरको कपडा र किराना सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल, प्र.सी.सु. गुल्म बीरगंज र बीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित टाउनहल रोडमा रहेको BKC ईम्पेक्स नामक गोदाममा छापा मारी अवैध रूपमा भण्डारण गरी राखिएको रु. ६ लाख ५९ हजार ७ सय बराबरको तयारी कपडा बरामद गरेको हो।

Advertisement

साथै सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिर्सियाबाट खटिएको अर्को टोलीले बीरगंज महानगरपालिका–१० को आदर्शनगर र छप्कैयाबाट भारतबाट भन्सार छली गरी ल्याउँदै गरिएको रु. २ लाख ७९ हजार १ सय ५ बराबरको कपडा तथा किराना सामग्री समेत बरामद गरेको छ।

Advertisement

बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *