Categories पत्रपत्रिका

खानेपानीमा दिसाबाट सर्ने कीटाणु ‘कोलिफार्म’ भेटियो : पाँच उद्योगमा तालाबन्दी

Advertisement

भक्तपुर l दिसाबाट सर्ने कीटाणु ‘कोलिफार्म’ भेटिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित पानी उद्योगहरूमाथि कडा अनुगमन सुरु गरिएको छ।

नगरपालिकाले प्रतिबन्ध लगाएको खनिज पानी बिक्री गर्दै आएका पाँच उद्योगमा आइतबार तालाबन्दी गरिएको छ।

Advertisement

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको टोलीले अक्वा कर्णाली, जय छुमा गणेश, ओके मिनिरल वाटर, झौखेल खानेपानी उच्च वेभरेज र एसएन टप वेभरेज प्रालिमा तालाबन्दी गरेको हो।

Advertisement

यी उद्योगहरू परीक्षण रिपोर्ट नआउँदै पानी बिक्री गर्दै आएको र अरू कम्पनीको स्टिकर टाँसेर उपभोक्तालाई धोका दिएको पाइएपछि कडाइ गरिएको हो।

अनुगमन टोलीले भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर, इच्छा कामना वेभरेज, हेरिटेज वेभरेज लगायत अन्य उद्योगमा पनि नमुना सङ्कलन गरी परीक्षण प्रक्रिया अघि बढाएको छ।

नगरपालिकामा दर्ता नभएका तथा नवीकरण नगरेका उद्योगहरूलाई एक साताभित्र अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिइएको उपप्रमुख बुढाथोकीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *