Categories समाचार

दन्त स्वास्थ्यप्रति सचेत बनाउँदै बिपिएस प्लस २ कलेजमा विशेष परीक्षण कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका–९, रानीघाटस्थित बिपिएस प्लस २ कलेजमा आज दन्त स्वास्थ्य चेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने अपेक्षा गरिएको छ।

Advertisement

कलेजका कक्षा ११ र १२ मा अध्ययनरत करिब २ सय विद्यार्थीको दन्त परीक्षण गरिएको कार्यक्रममा डा. मनोज कुमार उपाध्याय, डा. पूजा सर्राफ र डा. चन्द्रकान्त पासवानको नेतृत्वमा चिकित्सक टोलीले विद्यार्थीहरूको मुख स्वास्थ्यको विस्तृत जाँच गरेका थिए।

Advertisement

परीक्षणमा सहभागीमध्ये करिब ८० विद्यार्थीमा गिजा सुन्निने, रगत आउने र किराले खाएको जस्ता समस्या देखिएको चिकित्सकहरूले जनाएका छन्। यस्ता समस्याबाट पीडित विद्यार्थीहरूलाई क्लिनिकमा थप परीक्षण र उपचारका लागि बोलाइएको छ, जहाँ उनीहरूले २५% छुटको सुविधा पाउनेछन्।

कार्यक्रममा एचआर डाइरेक्टर सन्दीप कुशवाहाले विद्यार्थीको स्वास्थ्यमा शिक्षाको प्रभाव र शिक्षालयको जिम्मेवारी जोडेर भने, “स्वस्थ विद्यार्थी नै दक्ष मानव संसाधनको आधार हुन्। शैक्षिक संस्था केवल पठनपाठन केन्द्र मात्र नभई समग्र विकासको थलो हुनुपर्छ।” उनले आगामी दिनमा मानसिक स्वास्थ्य, पोषण र आँखासम्बन्धी परीक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने संकेत दिए।

कार्यक्रमको समापनमा कलेजका शैक्षिक निर्देशक दीपक पटेलले एभरेष्ट दन्त सेवा केन्द्रप्रति धन्यवाद ज्ञापन गर्दै दन्त स्वास्थ्यलाई शिक्षासँग जोड्ने अभियानले विद्यार्थीको दीर्घकालीन स्वास्थ्यमा साकारात्मक असर पार्ने विश्वास व्यक्त गरे। उनले यस्तो स्वास्थ्यजन्य साझेदारीलाई नियमितरूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा चिकित्सक टोली, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। विद्यार्थीहरूलाई दाँतको सरसफाइ, क्याभिटीबाट बच्ने उपाय, खानपानको असर, र नियमित दन्त परीक्षणको महत्त्वबारे विस्तृत जानकारी दिइएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *