Categories खेलकुद समाचार

अन्तर्राष्ट्रिय सफलता हासिल गरेका अरनीस गुप्तालाई मेयर सिंहद्वारा विशेष सम्मान

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेका युवा खेलाडी अरनीस गुप्तालाई विशेष सम्मान गरेका छन्।

नेपाललाई प्रतिनिधित्व गर्दै डेनमार्कको होरिङ स्टेडियममा सम्पन्न विश्वप्रसिद्ध फुटबल प्रतियोगितामा सहभागिता जनाएका वीरगञ्ज–१० निवासी गुप्तालाई मेयर सिंहले प्रशंसा पत्र प्रदान गर्दै वीरगञ्जको नाम अन्तर्राष्ट्रिय फुटबलमा चम्काएको भन्दै बधाई तथा शुभकामना दिएका हुन्।

Advertisement

जुलाई २० देखि २७ तारिखसम्म आयोजना भएको उक्त प्रतियोगितामा ५० भन्दा बढी मुलुकका २५ सय एकेडेमीहरूबीच भएको प्रतिस्पर्धामा गुप्ता अन्डर–१४ समूहमा AG10 Academy (Goals Academy) का तर्फबाट खेल्दै समूह विजेता बन्ने यात्रा सफल पार्न निर्णायक योगदान दिएका थिए।

Advertisement

फाइनलमा केन्याको LEIT Soccer Academy लाई ३–१ ले हराउँदै नेपाली टोलीले उपाधि चुम्दा, गुप्ताले राईट फरवार्डको भूमिकामा एक निर्णायक गोल गर्दै नेपालको झण्डा उच्च बनाएका थिए।

नगरप्रमुख सिंहले भने, “अरनीस जस्ता मेहनती युवाहरूको सफलताले वीरगञ्ज मात्र होइन, सिंगो देशको गौरव बढाएको छ। वीरगञ्ज महानगरपालिकाले यस्ता प्रतिभाको पहिचान, प्रोत्साहन र सम्मानका लागि प्रतिबद्धता जनाउँदै आएको छ र भविष्यमा पनि निरन्तर साथ दिइनेछ।”

युवा खेलाडीको प्रयास, लगनशीलता र उपलब्धिलाई प्रेरणाको स्रोतका रूपमा व्याख्या गर्दै मेयर सिंहले खेलकुद क्षेत्रबाट उदीयमान प्रतिभाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न महानगरले आवश्यक सहयोग र अवसर सिर्जना गर्दै जाने स्पष्ट पारे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *