Categories समाचार

छात्रावासमा सहयोग गरेर भोजपुरी टाइम्सले मनायो बार्षिकोत्सव

Advertisement

वीरगञ्ज । नेपालकै एकमात्र भोजपुरी भाषाको पत्रिका भोजपुरी टाइम्स दैनिक ले आफ्नो बार्हौँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम शुक्रबार वीरगञ्ज आदर्शनगरस्थित आमाको माया छात्रावासमा आयोजना गरिएको थियो। प्रकाशक अजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा रहेका थिए।

Advertisement

कार्यक्रमका विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र महासंघका केन्द्रीय सदस्य राधव साह र प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटेको समेत उपस्थिति रहेको थियो।

Advertisement

स्वागत मन्तव्य कार्यकारी सम्पादक श्रवण साहले प्रस्तुत गर्दै पत्रिकाले सुरुदेखि नै जनताको आवाज, स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि गरेको निरन्तर परिश्रमको दाबी गरे। उनले संस्थापक समूहको अथक मिहिनेतले पत्रिकालाई यो स्तरसम्म पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि जनहितमुखी पत्रकारितामा पत्रिका प्रतिबद्ध रहने बताए।

कार्यक्रमअन्तर्गत छात्रावासमा चामल, दाल, तेल, चाउचाउ, बिस्कुटजस्ता खाद्यान्न र कपी, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।

वक्ताहरुले आफ्नो मन्तव्यमा भोजपुरी टाइम्स दैनिक ले पत्रकारिता क्षेत्रमा देखाएको प्रतिबद्धता, मधेसको सांस्कृतिक पहिचानको संरक्षणमा पुर्‍याएको योगदान तथा सामाजिक उत्तरदायित्वप्रति देखाएको संवेदनशीलताको प्रशंसा गरे।

समापन मन्तव्य राख्दै प्रकाशक चौरसियाले महँगो होटलमा फजुल खर्च गरेर वार्षिकोत्सव मनाउनुको सट्टा विगतका केही वर्षदेखि सहयोगको आवश्यकता रहेका स्थानमा सकेसम्म सहयोग गर्दै वार्षिकोत्सव मनाइरहेको बताए। उनले यो अभ्यासले पत्रिकाको सामाजिक जिम्मेवारीलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग र सेवा भावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *