Categories समाचार

जनकपुरमा पत्रकारमाथि आक्रमण, महासंघद्वारा दोषीमाथि तत्काल कारबाहीको माग

वीरगञ्ज । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र घाइतेको उपचारको व्यवस्था मिलाउन माग गरेको हो।

Advertisement

साउन २७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–१ स्थित श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको प्रयासविरुद्ध पत्रकारहरूले आवाज उठाउँदा उनीहरूमाथि आक्रमण भएको महासंघको दाबी छ।

Advertisement

उक्त घटनामा मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनिता यादवलगायत लक्षित भएका थिए।

आक्रमणबाट महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको र पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको महासंघले जनाएको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले यसलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहारका रूपमा व्याख्या गरेको छ।

महासंघले दोषीमाथि छिटो कारबाही गर्न, घाइतेको उपचार सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *