Categories समाचार

टिकटकमा हिन्दू धर्मालम्बीलाई गालीगलौज र धम्की दिने युवक पक्राउ

Advertisement

जनकपुर । सामाजिक सञ्जाल टिकटकमा हिन्दू धर्मावलम्बीलाई लक्षित गर्दै गाली–गलौज र धम्की दिने भिडियो सार्वजनिक गर्दै आएका जनकपुरधामका इरसाद खानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहका अनुसार, २३ वर्षीय खानलाई बिहीबार जनकपुरधामबाट नियन्त्रणमा लिइएको हो।

Advertisement

जनकपुरधाम उपमहानगरपालिका–५ का समिम खानका छोरा इरसादले ‘गुन्डा’ नामको टिकटक आइडी प्रयोग गर्दै हिन्दूहरूलाई अपमानजनक शब्द प्रयोग गर्ने मात्र होइन, मार्ने धम्कीसमेत दिने भिडियोहरू बनाउँदै आएका थिए ।

Advertisement

प्रहरीका अनुसार, खान विदेशमा रहेका बेला पनि हिन्दू धर्मावलम्बीलाई टार्गेट गरी गैरसामाजिक वक्तव्य र छाडा गतिविधि गरेका थिए ।

प्रहरीले उनको मोबाइल र सामाजिक सञ्जाल गतिविधिको डिजिटल विश्लेषण सुरु गरेको छ। यस घटनाले सामाजिक सञ्जालमा घृणा फैलाउने सामग्रीबारे निगरानी र कानुनी कारबाही कडाइका साथ गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *