इस्लामाबाद । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबिचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको र यसले अन्य कुनै देशलाई असर नगर्ने बताएका छन्।
बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले उक्त टिप्पणी गरेका हुन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए । तर यसले भारतको रुससँगको मित्रतालाई बलियो बनाएको छ र चीनसँगको जारी तनावलाई पनि कम गरेको उनको जिकिर थियो।
मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि वाङ यी अफगानिस्तान गएका थिए र त्यसपछि पाकिस्तान गएका हुन्।






