Categories समाचार

पर्सामा १४ लाख बढी हुण्डीको रकम सहित दुई जना पक्राउ

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको करिब १४ लाख १३ हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा भदौ ५ गते साँझ करिब ४ः२० बजे वीरगञ्ज महानगरपालिका–२ घुसुकपुर इदगाहचोक सडकखण्डमा भारतीय नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त रकम बरामद गरिएको हो।

Advertisement

बरामद रकममा १ हजार दरका नोट १ हजार थान गरी १० लाख रुपैयाँ र ५ सय दरका नोट ८२७ थान गरी ४ लाख १३ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। रकम मोटरसाइकलमा फल्स सिलिङ बनाएर लुकाइएको अवस्थामा भेटिएको हो।

Advertisement

पक्राउ पर्नेमा वीरगञ्ज–२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुरका ४१ वर्षीय शनि ठाकुर रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *