Categories समाचार

आफूमाथि लागेको आरोप खण्डन गर्न वडाध्यक्ष एलाही पत्रकार सम्मेलन गर्दै

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१४ का वडाध्यक्ष महबुब एलाहीले आफ्नो विरुद्ध मिडिया र सामाजिक सञ्जालमा आएका आरोपलाई असत्य र निराधार भन्दै आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

वडाध्यक्ष एलाहीले सामाजिक सञ्जालमा विद्यालय प्रधानाध्यापक विनोद मेहताले सार्वजनिक गरेको पोस्टमा आफूविरुद्ध गरिएको दाबीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। त्यसै कारण सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बाध्यता आएको भन्दै उनले पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।

Advertisement

पत्रकार सम्मेलन वीरगन्ज महानगरपालिका–१४ कार्यालयमा दिउँसो २ बजे हुने वडाध्यक्ष एलाहीले जानकारी दिएका छन्। सो अवसरमा उनले आफूमाथि लगाइएका अनुचित रकम माग्ने, धम्की दिने, विद्यालयमा विवाद सिर्जना गर्ने तथा शैक्षिक वातावरण बिगार्ने जस्ता सबै आरोपहरू निराधार भएको स्पष्ट पार्ने बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *