वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाद्वारा सोमबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८, बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर भएकी एकजना महिलालाई उद्धार गरी आश्रममा लगिएको छ।
अन्दाजी ४० वर्षकी ती महिलाले आफ्नो नाम नाएदा खातुन भनेर बताए पनि ठेगाना स्पष्ट रूपमा खुलाउन सकेकी छैनन्।
आश्रममा लगेपछि उहाँको सरसफाइ तथा नुहाइ–धुवाइ गराई डा. भरत गोइज्यूको निगरानीमा औषधोपचार थालिने जनाइएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, स्वयंसेवक सरोज बिक र दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार बब्लु सिंह, सोही वडाका अध्यक्ष चतुर बाबु वाग्ले लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको आश्रमले जनाएको छ।






