Categories समाचार

वीरगञ्ज महानगरद्वारा विद्यालयमा स्वच्छता सामग्री वितरण

वीरगञ्ज । युनिसेफको सहयोग र जिल्ला समन्वय समितिको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले हैजा महामारी प्रभावित क्षेत्रका सामुदायिक विद्यालयहरूमा स्वच्छता सामग्री वितरण गरेको छ।

महानगरपालिकाले पहिलो चरणमा बढी प्रभावित क्षेत्रका ५५ सामुदायिक विद्यालयहरूमा केन्द्रीकृत साबुन, हार्पिक, ग्लिचिङ पाउडर लगायत सचेतनामूलक पर्चा-पम्पलेट वितरण गरेको हो।

Advertisement

यससँगै विद्यालयहरूमा हात धुने बानी, खानेपानीको सरसफाइ र स्वच्छतासम्बन्धी अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ।

Advertisement

महानगरले दोस्रो चरणमा बाँकी रहेका सामुदायिक विद्यालयहरूमा समेत यस्ता सामग्री वितरण गर्ने जनाएको छ।

कार्यक्रममा सहयोग पुर्‍याउने सबै शैक्षिक साझेदार र सहयोगी संस्थाप्रति महानगरपालिकाले धन्यवाद प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *