बिरगञ्ज । बिरगञ्ज महानगरपालिकाको कार्यालय भवनमा आगजनीपछि भएको लुटपाटमा संलग्न एक युवकलाई नगर प्रहरीले पक्राउ गरेको छ।
बिन्दवाशिनी–५, बडसौरा निवासी २२ वर्षीय सुधीर पटेललाई नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा गएको टोलीले चोरीका सामानसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद सामानमा ९ थान हार्ड डिस्क, १ थान केबल टेस्टर, ३ थान क्यामेरा, ल्यापटपको केबल १ थान, कम्प्युटर केबल १ थान, ९ थान डिजिकम उपकरण, ९ थान डेस्कटप मोनिटर, १ थान CPU, CPU पावर केबल १ थान, १ थान माउससहितका अन्य सामग्री रहेका छन्।







