Categories बीबीसी

भारतमा दुई करोड इनाम तोकिएकी माओवादी नेतृद्वारा आत्मसमर्पण

Advertisement

काठमाडौं l माओवादी केन्द्रीय सदस्य पोथुला पद्मावती उर्फ सुजाताले शनिबार भारत, तेलंगाना राज्यमा आत्मसमर्पण गरेकी छिन्।

सुजाता नामले चिनिने पद्मावतीको टाउकोमा १.२५ करोड भारतीय रुपैयाँ (दुई करोड नेपाली रुपैयाँ) को इनाम थियो। उनी सन् १९८७ देखि माओवादीको दण्डकारण्य क्षेत्रमा सक्रिय थिइन्।  

Advertisement

छत्तीसगढका गृहमन्त्री विजय शर्माले भने, ‘केन्द्रीय समिति सदस्य सुजाताको आत्मसमर्पणपछि छत्तीसगढमा सक्रिय माओवादी केन्द्रीय समितिमा केही सदस्य मात्र बाँकी छन्। समग्रमा उनीहरूको शीर्ष नेतृत्व समाप्तितर्फ अघि बढिरहेको छ।’  

Advertisement

प्रहरीले भन्यो, ‘६२ वर्षीया सुजाता विगत ४३ वर्षदेखि माओवादी आन्दोलनमा थिइन्। सन् १९८२ मा जनयुद्ध समूहमा सामेल भएकी सुजाता हाल भारत कम्युनिस्ट पार्टी (भाकपा) माओवादीको दक्षिण उप-क्षेत्रीय ब्यूरो सचिव हुनुका साथै माओवादीको जनता सरकारकी प्रमुख पनि थिइन्।’ 

एक विज्ञप्तिमा प्रहरीले उनको बिग्रँदो स्वास्थ्यका कारण यस वर्षको मे महिनामा सुजाताले संगठन छोड्ने इच्छा व्यक्त गरेकी थिइन्। केन्द्रीय समितिमा आफ्नो कुरा प्रस्तुत गरेकी थिइन्।  

सुजाताको विवाह सन् १९८४ मा भाकपा माओवादीका शीर्ष नेताहरूमध्ये एक मल्लोजुला कोटेश्वर राव उर्फ किशनजीसँग भएको थियो। यो दम्पतीको एक छोरी पनि छन्।  

प्रहरीले नोभेम्बर सन् २०११ मा एक मुठभेडमा किशनजीलाई मारेको दाबी गरेको थियो। किशनजीका कान्छा भाइ वेणुगोपाल उर्फ अभय हाल सीपीआई माओवादीको केन्द्रीय समिति र पोलिटब्यूरो सदस्य छन्। बीबीसी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *