Categories हाइलाइट-समाचार

जेन-जी आन्दोलनका क्रममा काँग्रेस नेता रुङ्टाको घरमा भएको आगलागीमा परेर घाइते महिलाको मृत्यु

Advertisement

वीरगञ्ज । भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा वीरगञ्जमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

Advertisement

आगजनीमा परेर घाइते भएका दुई जनामध्ये पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ निवासी ४५ वर्षीय शोशिला देवी हजराको मृत्यु भएको हो । हजरा रुङ्टाको घरमा काम गर्थिन् । आगलागीमा उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । 

Advertisement

घटनापछि उनलाई तत्काल वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो, तर उपचार सम्भव नभएपछि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा असोज ६ गते उनको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

Advertisement

यस्तै, आगजनीमा भारत, बिहारको सुगौली निवासी १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन् । उनको शरीरको ९० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

यादवलाई पनि सुरुमा नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो, तर थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ । यादवको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै डिएसपी लम्सालले बताए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *