Categories समाचार

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने

Advertisement

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र शोक र विध्वंशको स्थितिबाट गुज्रिरहेको कारण पारिवारिक र सांस्कृतिक रूपमा मात्रै पर्व मनाउने बताएका हुन्।

Advertisement

पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ।’

Advertisement

उनले राष्ट्रको प्रगति र विकासका लागि आधुनिक प्रविधि, वैज्ञानिक दक्षता र बदलिँदो विश्व व्यवस्थालाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, राज्य व्यवस्थामा जनमनोभावनालाई सम्बोधन गर्दै समयानुकूल सुधार गर्नु अनिवार्य रहेको पनि उल्लेख गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *