Categories समाचार स्वास्थ्य

नेपाल सि.एम.ए. संघद्वारा घण्टाघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Advertisement

वीरगञ्ज । दशैँ मेलामा सहभागी भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल सि.एम.ए. संघ, जिल्ला कार्य समिति पर्साले वीरगञ्जको घण्टाघरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

सोमबारदेखि सञ्चालनमा आएको उक्त शिविरमा संघले विशेष तयारीसहित स्वास्थ्यकर्मीहरूको टोली खटाएको छ। शिविरमार्फत भक्तजनलाई सामान्य स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, औषधि वितरण तथा आकस्मिक उपचार सेवा प्रदान गरिएको संघका सह-सचिव रेयाज हुसेनले जानकारी दिनुभयो।

Advertisement

शिविरको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले यस्ता शिविरहरूले सर्वसाधारणलाई तत्काल राहत दिनेमात्र होइन, दीर्घकालीन रूपमा जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले सरकारी निकाय र स्वास्थ्य संस्था बीच सहकार्य गरी यस्ता सेवाहरू अझ प्रभावकारी रूपमा विस्तार गर्न सकिने धारणा राख्नुभयो।

Advertisement

कार्यक्रमको सभापतित्व संघका जिल्ला अध्यक्ष जितेन्द्र महतोले गर्नुभएको थियो। उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत संघले समय–समयमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो।

शिविरमा केन्द्रीय सदस्य राम दयाल महतो, संघका पूर्व जिल्ला अध्यक्ष योगेन्द्र चौरसिया, सोनालाल चौरसिया, साहेब साह लगायतको उपस्थिति थियो।

दुई दिनसम्म सञ्चालन हुने शिविरमा बिहानदेखि बेलुकासम्म रक्तचाप तथा सुगर परीक्षण, सामान्य रोगको उपचार, आकस्मिक सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिनेछ। जिल्ला सदस्य धर्मेन्द्र ठाकुरका अनुसार शिविरबाट सयौं भक्तजन लाभान्वित हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *