Categories समाचार

सप्तकोशीमा पानीको बहाव उच्च विन्दुमा, भारतको बिहारसहित तटीय क्षेत्रमा उच्च सतर्कता

Advertisement

सुनसरी lलगातारको भीषण वर्षाका कारण सप्तकोशी नदीको पानीको बहाव अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने ठूला तथा भारयुक्त सवारी साधनको आवतजावत पूर्ण रूपमा रोकिएको छ।

आइतबार साँझसम्मको मापनअनुसार, नदीमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ, जसलाई अत्यन्तै उच्च खतराको अवस्था मानिएको छ। पहाडी जिल्लाहरूमा वर्षा जारी रहेकाले स्थिति अझ जटिल बन्न सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

Advertisement

सुरक्षा कारण सुनसरी प्रहरीले आइतबार अपराह्नदेखि ठूला र भारी सवारी साधनलाई ब्यारेजमा रोक लगाएको छ। यद्यपि, साना तथा मझौला सवारी साधनहरूलाई आवतजावत गर्न अनुमति दिइएको छ।

Advertisement

ब्यारेजबाट पानीको बहावले भारतको बिहार राज्यमा असर पारेको छ। सुपौल जिल्लामा बाढी फैलिसकेको छ भने अररिया जिल्लाका केही भागमा पनि बाढीको जोखिम उच्च छ।

वीरपुरका स्थानीय रक्की सिंहका अनुसार भीमनगर, वीरपुर र बसमतियासहितका बस्तीहरू उच्च जोखिममा छन् र बासिन्दा सुरक्षित स्थलतर्फ सर्न थालेका छन्।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीरेवती भण्डारीसहितको टोलीले कोशी ब्यारेजको स्थलगत निरीक्षण गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *