Categories समाचार

अविरल वर्षाबाट क्षतिग्रस्त सडक मर्मत गर्दै महानगर, रामगढवा सडक मर्मत पछि आवागमन सहज

Advertisement

वीरगंज । अविरल वर्षाका कारण आएको बाढी र डुबानले क्षति पुर्‍याएको वीरगंज–ठोरी हुलाकी मार्ग अन्तर्गत वडा नं. २४ रामगढवा सडक खण्डको मर्मत कार्य वीरगंज महानगरपालिकाले गरेसँगै आवागमन सहज बनेको छ ।

बाढी र डुबानका कारण सडक धस्सिनुका साथै खाल्डो परेर आवतजावतमा कठिनाई आएको थियो । महानगरले तत्काल माटो पुरेर ग्रेबल बिछ्याउने काम गरेसँगै अहिले स्थानीयवासी र सवारी साधनको आवातजावत सहज बनेको छ।

Advertisement

महानगर प्रमुख राजेशमान सिंहले स्वयं विभिन्न वडामा पुगेर बाढी र डुबानको स्थलगत अवलोकन गर्नुका साथै उद्धार तथा राहत कार्यका लागि जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको थियो।

प्रमुख सिंहले भन्नुभयो, “हामीले तत्काल जनजीवन सहज बनाउन प्राथमिकताका रूपमा सडक र आवागमन पुनःस्थापनामा ध्यान केन्द्रित गरेका छौं। प्रभावित वडाहरूमा स्थायी समाधानका लागि दीर्घकालीन योजना तय गरेर काम गरिरहेका छौं ।”

बाढी र डुबानका कारण रामगढवा मात्र नभई महानगरका अन्य वडाहरूमा पनि सडक, नाला, पुलपुलैया र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ। ती क्षेत्रमा समेत महानगरले चरणबद्ध रूपमा मर्मत तथा पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *