बिरगञ्ज । रोटरी इन्टरनेशनल अन्तर्गत स्थापित रोटर्याक्ट क्लब अफ शंकराचार्यले आफ्नो पहिलो बडापत्र दिवस (चार्टर्ड डे) गत शनिबार भव्य रूपमा सम्पन्न गरेको छ। यद्यपि क्लबको वास्तविक चार्टर्ड मिति असोज १८ गते (अक्टोबर ४) पर्न आउँछ, देशभर परेको लगातार वर्षा र प्रतिकूल मौसमका कारण कार्यक्रम एक सातापछि सारिएको थियो।
बिरगञ्जस्थित होटल पूजनमा आयोजित सो विशेष समारोहमा क्लबले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा उल्लासपूर्वक विविध कार्यक्रमहरूको आयोजना गरेको थियो । कार्यक्रममा क्लबको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका तथा संस्थापक सल्लाहकारसमेत रहनुभएका रो. सोहन पोद्दारलाई विशेष सम्मान प्रदान गरिएको थियो। पोद्दार रोटरी क्लब अफ बिरगञ्जका पूर्वअध्यक्ष समेत हुनुहुन्छ।
कार्यक्रममा क्लबका वर्तमान पदाधिकारीहरू, सदस्यहरू, रोटरी जिल्ला तथा जोनका विशिष्ट अतिथिहरू, साथै जोन अन्तर्गतका अन्य रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अतिथिहरूले क्लबलाई आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गरे।
क्लबका पदाधिकारीहरूले आफ्नो एक वर्षे कार्यकालमा सम्पन्न सामाजिक परियोजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै आगामी दिनमा थप दीर्घकालीन र प्रभावशाली परियोजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।




