Categories समाचार

वीरगंज महानगरद्वारा नालामा स्प्रे अभियान, जनस्वास्थ्य सुरक्षामा जोड

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले हाल बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, इन्सेफालाइटिस, मलेरिया लगायतका प्राणघातक रोगहरू नियन्त्रण गर्ने उद्देश्यले नालामा स्प्रे अभियान सञ्चालन गरेको छ।

महानगरपालिकाको सरसफाइ शाखाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार वडा नं. १ देखि ३२ सम्मका नालामा स्प्रे अभियान सञ्चालन गरिएको छ। यो अभियानका क्रममा स्वास्थ्य जोखिम घटाउने र संक्रमण नियन्त्रण गर्ने मुख्य उद्देश्य लिइएको बताइएको छ।

Advertisement

मियाँका अनुसार, हाल मौसम परिवर्तनसँगै लामखुट्टे वृद्धि भएको र त्यसको असर समुदायमा नपरोस् भन्ने उदेश्यले महानगरले यो पहल गरेको हो। उनले वडा कार्यालयहरू, स्थानीय टोली र आम नागरिकसँग अभियानमा सहयोग पुर्‍याउन आग्रह गरेका छन्।

Advertisement

यस अवसरमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भने, “महानगरले जनस्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छ। लामखुट्टे र सरसफाइसँग सम्बन्धित जोखिम घटाउन हाम्रो प्रयास निरन्तर रहनेछ। प्रत्येक वडामा प्रभावकारी रूपमा स्प्रे गरिनेछ र सरसफाइमा नागरिकको सहकार्य अत्यावश्यक छ।”

मेयर सिंहले थपे, “हामी सबैले मिलेर शहर सफा राख्न सक्यौं भने रोग नियन्त्रण स्वाभाविक रूपमा सम्भव हुन्छ। महानगरले आगामी दिनमा अझ व्यवस्थित ढंगले सरसफाइ र जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नेछ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *