Categories समाचार

वाइ वाइ मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहक झुक्याइएको आरोप

Advertisement

वीरगंज । लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइ ले सञ्चालन गरेको “मालामाल वीक्ली” अफरमार्फत कम्पनीले उपहारको लालच देखाई ग्राहकलाई झुक्याएको आरोप लागेको छ ।

ग्राहकहरूले बताएको अनुसार, चाउचाउको प्याकेट भित्र राखिएको कुपनमार्फत कम्पनीले १ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरेको विज्ञापन गरे पनि, सो कुपनमा उल्लेखित सम्पर्क नम्बरमा पटक–पटक फोन गर्दा पनि नउठाउने वा लाग्ने नगरेको गुनासो सार्वजनिक भएको छ ।

Advertisement

कुपन पाएका ग्राहकहरूका अनुसार, “कम्पनीले पुरस्कार वितरणको नाममा ठगीजस्तो कार्य गर्दै ग्राहकको विश्वासमा आघात पुर्‍याएको” अनुभव गरेका छन् । धेरै ग्राहकहरूले “वाइ वाइ मालामाल” स्किमलाई वास्तविक उपहार योजना भन्दा पनि प्रचारका लागि बनाइएको लोभ देखाउने माध्यमका रूपमा लिएको आरोप लगाएका छन् ।

कम्पनीको कुपनमा उल्लेखित सर्त अनुसार, “कम्पनीको आधिकारिक हस्ताक्षर र छाप भएको कुपन मात्र मान्य हुने” तथा “नेपाल सरकारको नियमअनुसार कर कट्टी गरिने” उल्लेख छ ।

साथै, “उपहारसम्बन्धी सम्पूर्ण निर्णय कम्पनीमा निहित हुनेछ” भनी उल्लेख गरिएको छ । तर, पुरस्कार दाबीका लागि दिएको सम्पर्क नम्बर ९८५१२२८६७१ मा सम्पर्क हुन नसक्दा ग्राहकहरू निराश बनेका छन् ।

ग्राहकहरूले सम्बन्धित निकायसँग यस प्रकारका भ्रामक र पारदर्शिता विहीन योजनामाथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।

Advertisement
Advertisement

1 comment

Samita sharma says:

हो हामीले पनि यो स्क्याममा फोन गर्दा खेरि उठाउँदैन र ग्राहकहरुलाई झिकाएको महसुस गरिएको छ। जसरी हुन्छ यो वाइवाइ कम्पनीलाई कारबाही हुनुपर्छ किनकि ग्राहक हरूलाई झुक्काएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *