Categories अर्थ

घट्यो सुनको मूल्य

Advertisement

वीरगन्ज । सुनको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

हिजो सुनको भाउ तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँ घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *