Categories एजेन्सी

अमेरिकामा पर्यटक र व्यावसायिक यात्रीसहितको ८० हजार भिसा रद्द

Advertisement

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीदेखि अमेरिकामा झन्डै ८० हजार गैर–आप्रवासी भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।

यी भिसा रद्द हुनुका कारणहरूमा मादक पदार्थ सेवन गरी गाडी चलाउनु (डीयूआई), मारपिट र चोरी जस्ता आपराधिक गतिविधिहरू लगायत रहेको बताइएको छ ।

Advertisement

एउटा समाचार एजेन्सीको रिपोर्ट अनुसार, डीयूआई मामिलामा १६,०००, मारपिटको घटनामा १२,००० र चोरीका मामिलामा करिब ८ हजार भिसाहरू रद्द गरिएका छन् । यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश मानिएको छ ।

प्रशासनले अवैध आप्रवासीहरूलाई मात्र देश निकाला गर्ने काम तीव्र  पारेको छ । तर मान्य भिसा धारकहरू विरुद्ध कारबाही गर्न पनि जारी राखेको छ ।

अमेरिकी विदेश नीति विपरीत गतिविधिहरूमा संलग्न भएकोले आफूले हजारौँ भिसा रद्द गरेको मे महिनामा विदेश मन्त्री मार्को रुबियोले भनेका थिए । नयाँ नीतिहरू अन्तर्गत, विदेश मन्त्रालयले राजनीतिक रूपमा सक्रिय वा वाशिंगटनको प्रतिकूल विचार राख्ने आवेदकहरूसँग व्यवहार गर्दा विशेष सावधानी अपनाउन विश्वभरका अमेरिकी दूतावासहरूलाई निर्देशन दिएको थियो । 

ट्रम्प प्रशासनका अधिकारीहरूले प्यालेस्टाइनलाई समर्थन गर्ने वा इजरायली कदमको आलोचना गर्ने विद्यार्थी वा ग्रिन कार्ड धारकहरूले भिसा रद्द वा निर्वासनको सामना गर्न सक्ने पनि बताएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *