Categories समाचार

मन्त्री गुप्तासँग वीरगञ्जका जेन–जी युवाहरूको खेल पूर्वाधार विकासबारे छलफल

Advertisement

वीरगञ्ज । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन-जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट र खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ ।

छलफलमा सहभागी युवाहरूले नारायणी रङ्गशालासँग जोडिएको टिबी साह क्रिकेट मैदानको स्तरोन्नति, मुआब्जा प्रक्रिया टुंग्याउने र मैदान विस्तारको आवश्यकता औँल्याए। उनीहरूले खेलाडीहरूको प्रतिभा विकासका लागि आधुनिक पूर्वाधार र सुविधा आवश्यक रहेको धारणा राखे।

Advertisement

त्यस्तै टोलीले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण गर्ने, ११औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा पूर्वाधार निर्माण गर्ने, विद्यालयहरूमा खेल प्रशिक्षक नियुक्त गर्ने र खेलाडीहरूका लागि पोषणयुक्त आहार सुनिश्चित गर्ने माग पनि अघि सारे।

मन्त्री गुप्ताले युवाहरूका मागलाई जायज ठहर गर्दै ती सबै विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए। उनले टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुंग्याएर काम सुरु गर्ने र मधेसको खेलकुद विकासमा सरकार प्रतिबद्ध रहेको बताए।

छलफलमा जेन–जी युवाहरू आशिष् गुप्ता, रोमी खान, विनय गिरी, विक्की सर्राफ, सुशान्त साह, रोहित साह, सुमित गुप्ता, मुर्तुजा हावारी र रजत पाण्डे सहभागी थिए।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *