Categories शिक्षा समाचार

डाबर नेपालद्वारा मनमिश्र आधारभूत विद्यालयलाई बेन्च र धारा सहयोग

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका–३२ मा अवस्थित मनमिश्र आधारभूत विद्यालयलाई डाबर नेपाल प्रालिले बेन्च र खानेपानी धारा (चापाकल) सहयोग गरेको छ। विद्यार्थीको पठन–पाठन सहज बनाउन र स्वच्छ पिउने पानीको उपलब्धता सुनिश्चित गर्न कम्पनीले यो सहयोग गरेको हो।

विद्यालयमा पर्याप्त बेन्च नहुँदा विद्यार्थीहरूलाई अध्ययनमा असुविधा हुँदै आएको थियो। सो समस्या समाधानका लागि डाबर नेपालले विद्यालयलाई ३५ थान बेन्च र १ थान खानेपानी धारा प्रदान गरेको हो।

Advertisement

आज विद्यालय परिसरमा आयोजित एक समारोहबीच कम्पनीका प्रबन्धक आलोक कुमार दूवेको उपस्थितिमा उक्त सामग्री विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई हस्तान्तरण गरिएको हो।

Advertisement

सो अवसरमा दूवले डाबर नेपालले सधैं समुदाय र शैक्षिक संस्थाको आवश्यकता अनुसार सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक साहले विद्यार्थीहरूको सहज पठन–पाठनका लागि सामग्री सहयोग गरेकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो।

कार्यक्रममा उद्योगका मानव संसाधन विकास प्रमुख आशुतोष यादव, वडा नं. ३२ का वडाध्यक्ष रेयाज अहमद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल यादवलगायत स्थानीय शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *