Categories समाचार

आज काठमाडौँको बल्खुमा जेन्जी सभा, सर्वसाधारणलाई सहभागी हुन आग्रह

Advertisement

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले काठमाडौँको बल्खुमा आज दिउँसो २ बजे सभा आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार सभामा हाल देशमा उठिरहेका युवा आन्दोलनका मुद्दा, सामाजिक–राजनीतिक परिवर्तनका विषय तथा नयाँ पुस्ताले अघि सारेका एजेन्डाबारे सार्वजनिकरूपमा धारणा राखिनेछ।

Advertisement

आयोजकले विभिन्न क्षेत्रका नागरिक, युवाहरू, सहभागी समूह तथा सरोकारवाला सबैलाई सभामा उपस्थित भई आफ्ना विचार र सुझाव व्यक्त गर्न आग्रह गरेको छ। उनका अनुसार खुलेर संवाद गर्ने र जनमत सुन्ने उद्देश्य सभाको मूल केन्द्रमा रहनेछ।

Advertisement

जेन्जी मुभमेन्ट नेपालले यो सभालाई परिवर्तन र उत्तरदायित्वबारे नागरिक आवाज एक ठाउँमा सुन्ने र सुनाउने अवसरको रूपमा प्रस्तुत गर्ने बताएको छ । जेन्जी विद्रोहका क्रममा उठेका मुद्दाहरूलाई संविधानमा संस्थागत गर्न दबाब समेत दिइने नेता अजय सोडारीले बताएका छन्। ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *