Categories समाचार

अनीता साहको ‘गुजर रहल बा जिन्दगी’ कविता–संग्रहको वीरगन्जमा भव्य लोकार्पण

Advertisement

वीरगंज । वीरगन्ज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान, वीरगन्ज को आयोजनामा प्रतिष्ठानकी अध्यक्ष तथा वरिष्ठ कवयित्री अनीता साहद्वारा लिखित कविता–संग्रह ‘गुजर रहल बा जिन्दगी’ को लोकार्पण समारोह होटल पूजनमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह रहेका थिए।

Advertisement

विशिष्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, साहित्यकार हरेन्द्र हिमकर, वडा नं. ८ का वडाध्यक्ष रितेश गुप्ता, नेता रामचन्द्र साह, समीक्षक तथा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेय, दिनेश गुप्ता लगायत विभिन्न सामाजिक संस्था, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा भोजपुरी भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र विकासका बारेमा सकारात्मक धारणा व्यक्त गर्दै प्रमुख सिंहले वीरगन्ज महानगरपालिका मातृभाषा प्रवर्द्धनका गतिविधिहरूमा निरन्तर साथ र सहयोग रहने उल्लेख गरे। उनले स्थानीय भाषामा सृजनाको वातावरण बन्दै गएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानको पहल प्रशंसनीय रहेको टिप्पणी गरे।

समारोहमा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य अमोद गुप्ताले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालकको भूमिका माधुरी महतोले निर्वाह गरेकी थिइन्। लोकार्पणसँगै कवयित्री साहको नयाँ कृतिबारे समीक्षक तथा अतिथिहरूले शुभकामना व्यक्त गर्दै साहित्यिक योगदानको उच्च मूल्यांकन गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *