Categories अर्थ

एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो

Advertisement

काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Advertisement

केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

Advertisement

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *