Categories समाचार

सशस्त्र प्रहरीद्वारा पर्साबाट २ क्विन्टल बढी गाँजा बरामद

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा भइरहेको चोरी–तस्करी र लागुऔषध ओसार–पसार नियन्त्रणका लागि कडा निगरानीसहित ‘इण्टेलिजेन्स–लेड’ अपरेशनहरू थप सशक्त बनाएको बताएको छ ।

विशेष सूचनाको आधारमा हिजो विन्दवासिनी गाउँपालिका–५ बटसौरास्थित खेती क्षेत्रभित्र परालको कुन्युमा लुकाइ–छिपाइ राखिएको अवैध पदार्थ बरामद गरिएको हो।

Advertisement

स.प्र.नि. दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले २० वटा पोका सहित प्याक गरिएको अवस्थामा कूल २ सय १३ किलोग्राम (दुई क्विन्टल तेह्र किलो) गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *