Categories समाचार

जसपाका मधेस प्रदेश अध्यक्ष यादवद्वारा पार्टी परित्याग

Advertisement

वीरगन्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन् । मधेसी दलहरुबाट मधेसको विकास र अधिकारको रक्षा हुन नसक्ने भन्दै यादवले जसपाको मधेस प्रदेश अध्यक्षका साथै पार्टीको साधरण सदस्यसमेत परित्याग गरेका हुन् ।

बिहीबार जसपाका अध्यक्ष अशोक राईलाई पठाएको राजिनामा पत्रमा यादवले लेखेका छन् , “मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरी जनता समाजवादी पार्टीसम्म आइपुग्दा सधैँ अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज उठाउँदा जेल, थुना र मुद्दा भोगेँ ।

Advertisement

तर देशको वर्तमान राजनीतिक अवस्थामा मधेसको विकास र अधिकार मधेस केन्द्रित दलहरूबाट सम्भव नदेखेर आजैदेखि पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यताबाट राजीनामा गर्दछु ।”

Advertisement

यादवले अब आँफु प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेपनि बताएका छन् । यादव केही महिना अघि सर्लाहीका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह खड्कासँग फोनमा चर्काचर्की गर्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि चर्चामा आएका थिए । उक्त प्रकरणमा उनी पक्राउ समेत परेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *