Categories समाचार

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति विवादमा स्पष्टिकरण : शान्ति सद्भाव कायम राख्न आग्रह

Advertisement

वीरगंज । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा गरेको अभिव्यक्तिमा विभिन्न टिप्पणी आएपछि प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण जारी गरेकी छन्।

उनले आइतबार फेसबुकमा स्टाटस सार्वजनिक गर्दै कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय नभएको बताएकी हुन्।

Advertisement

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति उत्तिकै सम्मान रहेको उल्लेख गर्दै आफ्नो भनाइ फरक ढंगले प्रस्तुत गरिएपछि भ्रम फैलिएको बताइन्। “कुनै धर्म, जाति वा समुदायलाई अपमान गर्ने नियत छैन,” उनले लेखेकी छन्।

Advertisement

उनले समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा आग्रह गर्दै लैंगिक हिंसा अन्त्यका अभियानमा एकआपसमा सम्मान र समझदारी आवश्यक रहेको पनि जोड दिएकी छन्।

उनको स्पष्टिकरणसहितको स्टाटस सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियासहित व्यापक रूपमा चर्चा भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *