Categories समाचार

वीरगञ्जमा भोजपुरी मुक्तक सङ्ग्रह ‘सेमर के फूल’ सार्वजनिक

Advertisement

वीरगञ्ज । नेपाल भोजपुरी समाजको आयोजनामा भोजपुरी मुक्तक–सङ्ग्रह ‘सेमर के फूल’ को परिचर्चा तथा सार्वजनिक कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।

पूर्व प्राज्ञ सभा सदस्य तथा गोरखापत्रका लागि भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताद्वारा रचित उक्त कृतिको कार्यक्रममा साहित्यप्रेमी, लेखक तथा कविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोपाल अश्क रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापिका अनिता साह र बारा जिल्ला अध्यक्ष रामप्रसाद साह सहभागी हुनु भएको थियो। साथै अतिथिहरूमा प्रमोद पाण्डे, छोटेलाल साह, अजमत अली लगायत विभिन्न क्षेत्रका लेखक, कवि साहित्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा नेपाल भोजपुरी समाजका राजेन्द्र सिंहले गर्नु भएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले पुस्तकबाट मुक्तक वाचन गर्दै लेखक गुप्तालाई शुभकामना तथा बधाई व्यक्त गर्नुका साथै कृतिको साहित्यिक महत्वबारे चर्चा गरेका थिए।

नेपाल भोजपुरी समाजद्वारा प्रकाशित ‘सेमर के फूल’ भोजपुरी साहित्यमा मुक्तक विधालाई थप समृद्ध बनाउने कृति भएको सहभागीहरूको धारणा रहेको थियो। कार्यक्रमले भोजपुरी भाषा र साहित्यको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *