Categories शिक्षा

भोजपुरी प्रतिष्ठानद्वारा आयोजित चित्रकला प्रतियोगितामा सञ्जु कुमारी प्रथम

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाअन्तर्गत स्थापित भोजपुरी प्रतिष्ठान, वीरगञ्ज को आयोजना तथा वीरगञ्ज कलाकार समाज, पर्सा को सहकार्यमा आयोजित महानगर–स्तरीय सामुदायिक विद्यालय चित्रकला प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी अध्यक्ष अनिता साह ले गर्नुभएको थियो भने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछाने र वरिष्ठ लेखक दिनेश गुप्ता विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

Advertisement

प्रतियोगितामा महानगरभित्रका १६ वटा सामुदायिक विद्यालयबाट ३४ जना विद्यार्थी सहभागी भएका थिए।

Advertisement

निर्णायकको मूल्याङ्कनअनुसार श्री शारदा माध्यमिक विद्यालयकी छात्रा सञ्जु कुमारी बैठा प्रथम, श्री महानन्द प्र. उपाध्याय माध्यमिक विद्यालयका मनन महतो द्वितीय र श्री द्वारदेवी माध्यमिक विद्यालयका सञ्जिव राम तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

उनीहरूलाई कदर–पत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई कदर–पत्र र मेडल प्रदान गरिएको तथा बाँकी सबै सहभागी विद्यार्थीलाई सहभागिताको कदर–पत्रबाट सम्मान गरिएको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका कार्यसमिति सदस्य मुकेश महतो ले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंह ले भोजपुरी भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा भोजपुरी प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले प्रतिष्ठानलाई आगामी दिनमा विशेष प्याकेज तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण ले बालबालिकाको सिर्जनात्मक क्षमता विकासमा चित्रकलाजस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै महानगरपालिकाले शैक्षिक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछाने ले विद्यालयस्तरमै कला र साहित्यको अभ्यासले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने धारणा राख्नुभयो। त्यसैगरी वरिष्ठ लेखक दिनेश गुप्ता ले भोजपुरी भाषा र लोकसंस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई यस्ता प्रतियोगितामार्फत जोडिनु सकारात्मक संकेत भएको बताउनुभयो।

कार्यक्रम सञ्चालन माधुरी महतो ले गर्नुभएको थियो। कार्यक्रममा वीरगञ्ज कलाकार समाज, पर्साका सचिव संजय गिरी, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *