Categories समाचार

पूर्वविद्यार्थीको उदाहरणीय पहल, वीरगंज–३२ मा ६० थान स्विटर र भेस्ट हस्तान्तरण

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३२ स्थित श्री दलित मुक्ति आधारभूत विद्यालय मा श्री नेपाल रेल्वे विद्यालय का २०७० ब्याचका पूर्वविद्यार्थीहरूले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ६० थान स्विटर तथा भेस्ट हस्तान्तरण गरेका छन्।

चिसो मौसमका कारण विद्यार्थीहरूको पठन–पाठनमा असर नपरोस् भन्ने उद्देश्यले गरिएको यस सहयोग कार्यक्रम विद्यालय र समुदायका लागि प्रेरणादायी बनेको छ। सहयोग कार्य सम्पन्न गर्न विद्यालयमा अध्यापनरत शिक्षक सन्तोष सर्राफको महत्वपूर्ण सहकार्य रहेको भन्दै उहाँप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

Advertisement

विकी सर्राफको नेतृत्वमा विद्यालय पुगेको टोलीले विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्दै शिक्षा र सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको हो। विद्यालय परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरूमा आत्मविश्वास र सिकाइप्रतिको उत्साह बढ्ने विश्वास व्यक्त गरेको छ।

Advertisement

सहयोगी टोलीले आगामी दिनहरूमा पनि विद्यालय तथा विद्यार्थीहरूको आवश्यकताअनुसार निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *