Categories समाचार

पर्साको जिराभवानीमा असहाय र वृद्धवृद्धालाई १०० थान न्यानो कम्बल वितरण

वीरगंज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१, गम्हरीयामा चिसो मौसमबाट जोगाउन वृद्ध–वृद्धा, अपाङ्गता भएका व्यक्ति, साधु–सन्त तथा सीमान्तकृत समुदायका असहाय व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग तथा उपकार सेवा नेपालको सहकार्यमा १०० जनालाई कम्बल उपलब्ध गराइएको हो।

चिसो जाडोका कारण कमजोर वर्गको स्वास्थ्य र सुरक्षामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त सहयोग गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले बताउनुभयो। उहाँले समाजका विपन्न र असहाय वर्गलाई न्यानोपन दिनु संस्थाको दायित्व भएको उल्लेख गर्दै यस्ता सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement

कम्बल हस्तान्तरण कार्यक्रममा जिराभवानी गाउँपालिका–१ का वडा अध्यक्ष रामशरण खवास, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्ष खवासले उपकार सेवा नेपालले यसअघि पनि आगलागीपीडित, विपन्न परिवार तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो।

Advertisement

चिसो बढ्दै गएको यस समयमा वितरण गरिएको न्यानो कम्बलले अप्ठ्यारो अवस्थामा रहेका वृद्ध–वृद्धा र असहाय व्यक्तिहरूलाई उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *