Categories समाचार

किराना पसलमा नक्कली नोट चलाउने युवक पक्राउ

Advertisement

सुनसरी । हरिनगरा गाउँपालिका–१ मा रहेको एक किराना पसलमा नक्कली नोट चलाइएको घटनामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

सामान किन्ने क्रममा जाली नोट प्रयोग गरिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको टोलीले गएराति करिब ८ः१० बजे शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँचका क्रममा इनरुवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मियाँको साथबाट नेपाली रुपैयाँ एक हजार दरका २८ थान नक्कली नोट बरामद गरिएको छ। बरामद नोटको कुल रकम २८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Advertisement

नक्कली नोटसहित पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *