Categories समाचार

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

वीरगंज । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।

निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल रृ मनोज कुमार जोशीलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो।

Advertisement

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भए/गराइएको खण्डमा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ अनुसार उजुरी दिन सम्बन्धित सबैलाई जानकारी गराएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *