Categories समाचार समाज

जग्गा विवादमा दाजुको हमला: ७५ वर्षीया आमा हत्या, बहिनी घाइते

वीरगंज । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ मा शोकको घटना भएको छ। यहाँका बासिन्दा हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गर्नुका साथै आफ्नी बहिनी भगवती माझीलाई धारिलो हतियारले घाइते बनाएका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार, घटना गएको राति भएको र आमाको घटनास्थलमै मृत्यु भएको हो। घाइते बहिनी भगवती माझीलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

प्रहरीले फरार अभियुक्तको खोजी थालेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, घटना जग्गासम्बन्धी विवादका कारण भएको बताइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *