Categories समाज

गहवामाई डोली यात्राको पूर्वसन्ध्यामा ७५ जनाले गरे रक्तदान

Advertisement

वीरगन्ज । वीरगन्जमा धार्मिक आस्था र सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै गहवामाई डोली यात्राको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

माईस्थानस्थित गहवामाई मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा महिला र पुरुष गरी ७५ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।

Advertisement

माईस्थान मन्दिर सञ्चालक समिति र राउण्ड टेबल नेपालको संयुक्त पहलमा सम्पन्न कार्यक्रमले मानवीय सेवाको सन्देश प्रवाह गरेको छ। रक्तसञ्चार केन्द्र वीरगन्जका अनुसार सहभागिता उत्साहजनक रहेको थियो।

Advertisement

हरेक वर्ष चैते महाअष्टमीका अवसरमा गहवामाईको डोली तथा शोभायात्रा निकालिने परम्परा अनुसार यस वर्ष पनि बिहीबार डोली यात्रा र रामनवमीका दिन विशेष महाआरती आयोजना गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *