Categories समाचार

पर्सामा सरकारी कार्यालयहरू ‘बिचौलिया–मुक्त’ बनाउने अभियान सुरु, कडा कारबाही हुने चेतावनी

वीरगंज । पर्सा जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा बिचौलियको प्रवेश निषेध गर्न कार्यालय प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभरि रहेका सबै सरकारी कार्यालयहरूलाई बिचौलिया मुक्त सेवा सुनिश्चित गर्न निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयले सरकारी सेवा छिटो, सरल, सहज र पारदर्शी रूपमा उपलब्ध गराउन सबै कार्यालयलाई औपचारिक रूपमा आग्रहसहितको निर्देशन दिएको हो।

Advertisement

जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पनि प्रदान गरिँदै आएका सेवाहरू हाल नियमित र सहज ढंगले सञ्चालन भइरहेका छन्। उनले कार्यालय परिसरभित्र मात्र होइन, वरपर समेत बिचौलिया गतिविधि देखिए तत्काल कडा कारबाही हुने चेतावनी दिएकी छन्।

Advertisement

उनले बिचौलियाहरूले सेवाग्राहीलाई सहयोग र सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्य रोक्न जिल्ला प्रशासन कार्यालउ पनि पूर्ण प्रतिबद्ध रहेको बताइन्।

उक्त विज्ञप्तिमा उल्लेख छ,“यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *