Categories समाचार

रङ नम्बरको झगडाले पाटनमा लियो दाजुभाइको ज्यान

वीरगंज। सामान्य फोन कलबाट सुरु भएको विवादले ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दुई युवाको ज्यान लिएको छ। बुधबार साँझ भएको घटनामा ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, इमाडोल निवासी दाजुभाइले गरेको फोन ‘रङ नम्बर’ परेर सञ्जीव नेपाली नामक व्यक्तिसँग जोडिएको थियो। प्रारम्भिक कुराकानीमै दुवै पक्षबीच भनाभन बढ्दै गएपछि सञ्जीवले पाटन बोलाएका थिए।

Advertisement

सोही विवादलाई पछ्याउँदै पाटन पुगेका नेम्बाङ दाजुभाइमाथि सञ्जीवले मासु काट्न प्रयोग हुने चक्कुले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका दुवैलाई तत्काल बीएन्डबी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो।

Advertisement

घटनापछि फरार हुने प्रयासमा रहेका मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *