Categories समाचार

भ्रामक समाचारप्रति पर्सा प्रहरीको ध्यानाकर्षण, सत्यतथ्यमा आधारित सूचना मात्रै विश्वास गर्न आग्रह

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानाधीन विषयमा केही सञ्चार माध्यममा भ्रामक तथा कपोकल्पित समाचार प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै पर्सा प्रहरीले सम्मानित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको परमादेशअनुसार विधिसम्मत रूपमा जाहेरी दर्ता भई हाल अनुसन्धान भइरहेको स्पष्ट पारेको छ।

Advertisement

प्रहरीले अनुसन्धान जस्तो संवेदनशील विषयमा आधारहीन तथा कपोकल्पित सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै यस्ता अप्रमाणित सूचना सम्प्रेषण नगर्न सम्बन्धित सञ्चार माध्यम तथा सरोकारवालालाई पनि अनुरोध गरिएको छ।

Advertisement

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले तथ्य र प्रमाणका आधारमा निष्पक्ष तथा वस्तुनिष्ठ अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *