Categories समाचार

प्रसौनी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

Advertisement

वीरगंज । प्रसौनी गाउँपालिकाले “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नारासहित पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका भवनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवाल, उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव, सातवटै वडाका वडा अध्यक्ष, विभिन्न शाखाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रममा बालबालिकालाई नियमित खोप सेवाको पहुँच सुनिश्चित गर्दै पूर्णखोपको अवस्थालाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले स्थानीय स्रोत, स्वामित्व र समुदायको सक्रिय सहभागितामार्फत पूर्णखोप अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनेमा जोड दिएका थिए।

Advertisement

गाउँपालिकाले सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *